Logo
Logo
मेलम्ची बाढी अपडेट :

सिन्धुपाल्चोकमा दुई जनाको शव भेटिएकाे गृह मन्त्रालयकाे भनाइ


दृष्टि संवाददाता

441
Shares

मेलम्ची । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको शव भेटिएको छ । यद्यपि सनाखत भइसकेको छैन । थप १६ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बेपत्तामध्ये ६ जनाको परिचय खुलेको छ । उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं. ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं. ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं. ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ । अन्यको पहिचान खुलिसकेको छैन ।

बाढीको जोखिममा परेकालाई सेनाले हेलिकोप्टरबाट उद्धार गरेको थियो। बाढीले सिन्धुपाल्चोक सदरमुकाम चौतारा र मेलम्ची जोड्ने पक्की पुल बगाएको छ। हेलम्बु गाउँपालिकाका तटवर्ती क्षेत्र तिम्बु र चनौटे बजारमा ठूलो क्षति भएको छ।

बाढीबाट तिम्बु, चनौटे र ग्याल्थुमका बासिन्दा विस्थापित भएका छन्। हेलम्बु, किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारका स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन्।

प्रतिक्रिया दिनुहोस्