Logo
Logo
जसपा विवाद

उपेन्द्रकाे बैठक अनाधिकृत भन्दै महन्थकाे निर्वाचन आयोगलाई पत्र


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक पुनः विवादमा परेको छ । अध्यक्ष महन्थ ठाकुुरले पार्टीका दाेस्राे बरीयताका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको बताएसँगै विवाद पुनः बढेकाे हाे ।

अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी यादवले बोलाएको बैठकबाट हुने सबै निर्णयहरु आफूहरुको लागि अमान्य हुने उल्लेख गर्दै त्यस प्रकारको कुनै बैठक नरहेको सबैलाई बताएका हुन् । उनले कार्यकारिणी समितिका सदस्यहरुलाई बैठकमा सहभागी नहुनका लागि आग्रह समेत गरेका छन् ।

त्यसैगरि अध्यक्ष ठाकुरले असार ३ गते जसपाको कुनै पनि बैठक नरहेको जानकारी निर्वाचन आयोगलाई समेत गराएका छन् । जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले निर्वाचन आयोगमा गएर बैठक नरहेको पत्र दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्