काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी कोरोनाभाइरसविरुद्धको ४० लाख डोज खोप ल्याउन लागिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार बसेको कोभिड—१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको बताए । उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिए ।
‘आगामी साउनदेखि लगाउन थालिने छ। अन्य देशसँग पहल प्रयत्न भइरहेकोले खोपको अभाव क्रमशः हल हुँदै जानेछ,’ बैठकमा प्रधानमन्त्री ओलीले भने ।
सरकारका एक जना मन्त्रीले चीनबाट ४० लाख डोज खोप किन्ने निर्णय भएको बताए । तर ्खोप कसरी किन्न लागिएको हो भन्नेबारे विस्तृत खुलाइएको छैन ।