Logo
Logo
गठबन्धनको संयुक्त वक्तव्य

‘पूर्वतयारी नहुनु सरकारको गैरजिम्मेवारीपन’

पहिरो र डुबानमा परेका पीडितको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग


दृष्टि संवाददाता

3.5k
Shares

काठमाडौं । विपक्षी गठबन्धन दलले बाढी, पहिरो र डुबानमा परेका पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरेका हुन् । साथै, राहत तथा उद्दारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् ।

‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौँ’ बिहीबार जारी प्रेस वक्तव्यमा भनिएको छ ।

‘इमान्दारी, तदारूकता र पारदर्शी रूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं,’ वक्तव्यमा भनिएको छ । प्राकृतिक विपत्तिको सामना गर्न सरकारको कुनै पूर्वतयारी नहुनु गैरजिम्मेवारीपन भएको गठबन्धनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्