Logo
Logo

बुद्ध मूर्तिको मुखमा मास्क !


दृष्टि संवाददाता

1.3k
Shares

एजेन्सी । कोरोना भाइरसको संक्रमण फैलिइरहँदा मानिसले मास्क लगाएको त सबैलाई थाहा छ । तर, मूर्तिले नि ? जापानमा यस्तै भएकाे छ । जहाँ मूति मूर्तिको मुखमै मास्क लगाइएको छ ।

जापानमा एउटा प्रसिद्ध बुद्ध मूर्ति (देवी) को मुखमै मास्क लगाइएको छ । दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मुखमा ४ दशमलव १ लम्बाई ५.३ मीटर लामो ३५ किलो तौलको मास्क लगाइएको छ ।

यो मास्क मूर्तिलाई लगाउन चार कर्मचारीलाई तीन घण्टा लागेको थियो । १८७ फिट अग्लो प्रसिद्ध विशाल बुद्ध देवीको मुखमा मास्क लगाउन ड्रोनको प्रयोग गर्नुपरेको थियो ।

३३ वर्ष पहिले बनेको यस मूर्तिमा रहेकी देवीले एक बच्चालाई लिएर उभिएकी प्रतिमा बनाइएको छ । बच्चा सुरक्षित जन्मिउन् भन्ने र आफ्नो नवजात शिशुका लागि आशिर्वाद माग्नेहरुको यहाँ भीड लाग्ने गर्दछ ।

कोभिड–१९ नियन्त्रणमा नआउँदासम्म यस देवीको मुखबाट मास्क नहटाइने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्