Logo
Logo

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने


दृष्टि संवाददाता

2.7k
Shares

काठमाडौं । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मुलुकभित्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर वृद्धि भएसँगै वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको र त्यसलगत्तै सोही महीनाको २० गते मध्यरातदेखि लागू हुने गरी हालसम्म सरकारले आन्तरिक उडानहरू बन्द गर्दै आएको छ । मन्त्रालयका एक अधिकारीले असार तेस्रो हप्तापछि मात्रै आन्तरिक उडानहरू खुला गरिने सम्भावना रहेको पुष्टि गरेका हुन् ।

पछिल्ला केही दिनमा कोभिड संक्रमण दर घट्दो अवस्थामा रहेको भए पनि अभैm केही दिन पर्खनुपर्ने देखिएकाले तत्काल आन्तरिक उडान खुल्ने सम्भावना नरहेको उनको भनाइ छ ।

निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले जेठ २५ गते नै पर्यटनमन्त्री उमाशंकर अरगरियालाई पत्र लेख्दै असार १ गतेदेखि आन्तरिक उडान सुचारु गर्न माग गरेको थियो । सोही दिन आन्तरिक उडान सुचारु गर्ने संकेत नपाएपछि संघले सोही दिन अर्थात् मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र आन्तरिक उडान सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ ।

संघका प्रवक्ता योगराज कँडेल शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा छिमेकी मुलुक तथा संसारभरि नै आन्तरिक उडान बन्द नगरिएको र हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित भएको उल्लेख गरिएको छ । संघले सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको र अहिले संक्रमण दर पनि घट्दो क्रममा रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले आन्तरिक उडान सुचारु गर्न मन्त्रालय सकारात्मक भएको बताए । ‘आन्तरिक उडान स्वास्थ्य मापदण्डहरू पालना गरेर बिस्तारै खुलाउने तयारी मन्त्रालयको छ,’ उनले भने, ‘मन्त्रालयमा छलफल भइरहेको छ भने अर्कोतर्पm संक्रमण दर पनि घट्दो अवस्थामा छ ।’, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्