Logo
Logo

गाईवस्तु छाड्न जाँदा बेपत्ता भएका सातै जनाको चार दिनपछि सकुशल उद्दार


दृष्टि संवाददाता

1.2k
Shares

सुर्खेत । जाजरकोटको कुसे पाटनमा हावाहुरी चलेपछि हराएका सातै जनाको उद्धार गरिएको छ । शुक्रबार बिहान प्रहरी र स्थानीयको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।

जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाअनुसार उनीहरुको चार दिनपछि सकुशल गरिएको हो । उनीहरु चसोले कठाङग्रिएको अवस्थामा भेटिएका उनले बताए ।

कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैँसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएका थिए ।

बेपत्ता रहेका कुसे गाउँपालिका–८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्र खड्का, २५ वर्षीय बिक्रम खड्का, १८ वर्षीय भवीन्ऽ खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मिमबहादुर खड्का र कुसे–९, का ४० वर्षीय कृष्ण रोकायाको शुक्रबार बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ । कुसे पाटन ४ हजारदेखि ४ हजार ८०० मिटरको उचाइमा रहेको छ । जहाँ फोनको नेटवर्क समेत राम्रोसँग टिप्दैन ।

प्रतिक्रिया दिनुहोस्