काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूहअन्तर्गतको नौ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु १४० तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघसंस्था तथा व्यक्तिहरुले २०७८ असार २ गतेदेखि २०७८ असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।