Logo
Logo

गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले भेटे राष्ट्रपति


दृष्टि संवाददाता

6.3k
Shares

काठमाडाैं । गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

बैठकमा राष्ट्रपति भण्डारीले प्राकृतिक विपद्काबारेमा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएकी थिइन् । भेटमा तीनै निकायले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्