Logo
Logo

बाढीपहिरो र डुबानबाट हालसम्म १५ जनाको मृत्यु


दृष्टि संवाददाता

189
Shares

काठमाडाैं । केही दिन यताको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट शुक्रबारसम्म १५ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले उपलब्ध गराएको जानकारी अनुसार समाचार तयार पार्दासम्म १५ जनाको मृत्यु भएको हो । विवरण अनुसार सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरीमा १ जना, काभ्रेमा १ जना, गोरखामा १ जना, जुम्लामा १ जना, अर्घाखाँचीमा १ जना, पाल्पामा १ जना, कास्कीमा १ जना, कालिकोटमा १ जना र बाजुरामा १ जना छन् ।

बाढीपहिरो र डुबानमा परी १६ जना घाइते भएका छन् । तीमध्ये १० पुरुष, ४ महिला र २ बालिका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ६ जना, म्याग्दीमा ३ जना, जुम्लामा २ जना, डोटीमा २ जना, कास्कीमा १ जना, स्याङजामा १ जना र सल्यानमा १ जना छन् ।

प्रतिक्रिया दिनुहोस्