Logo
Logo

मेलम्ची र हेलम्बुमा दीर्घकालिन व्यवस्थापन सुरु


दृष्टि संवाददाता

693
Shares

काठमाडाैं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीपछि स्थानीय प्रशासनले स्थानीयको दीर्घकालिन र अल्पकालीन व्यवस्थापनको तयारी सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पिडितहलाई अन्य स्थानमा स्थानान्तरण गर्ने, घर सामान्य मर्मत वा घरहको पूर्ण रूपमा निर्माण गर्ने लगायतका दीर्घकालिन र अल्पकालीन व्यवस्थापनको तयारी सुरु गरेको जनाएको हो ।

बाढीका कारण मेलम्चीका ६ सय जना र हेलम्वुका ३ सय जना प्रभावितको व्यवस्थापन गर्नुपर्ने देखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनले सम्बन्धित गाँउपालिका र नगरपालिकासंग समन्वय गरेर क्षतिका थप विवरण संकलन गरिने जानकारी दिए ।

मंगलबार राति आएको बाढीका कारण हेलम्बु र मेलम्चीमा अरर्वौको क्षति भएको छ । पानीको बहाव कम भएपछि स्थानीय र सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्