Logo
Logo

कांग्रेस महाधिवेशन भदौ १६ मा


दृष्टि संवाददाता

693
Shares

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ देखि काठमाडौंमा हुने भएको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राखेको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गर्दै महाधिवेशनको मिति भदौ १६लाई तय गरेको हो ।

संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ । त्यस्तै असार २० गतेसम्म सम्पूर्ण काम सक्न क्रियाशिल सदस्य छानविन समितिलाई निर्देशन दिइएको छ ।

बैठकले दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्तावलाई पनि पारित गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय बिपक्षी गठबन्धनलाई मजबुद बनाउनुपर्ने कांग्रेसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्