Logo
Logo

महाकाली नदीमा पानीको सतह बढ्याे, सतर्कता अपनाउन आग्रह


दृष्टि संवाददाता

756
Shares

महेन्द्रनगर । महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी दार्चुलाको दत्तु बाढीमापन केन्द्रमा महाकालीमा जलसतह ५.८० मिटर र डडेल्धुराको परिगाउँमा ३.५० मिटर पुगेकाले सतर्कता अपनाउन भनेकाे हाे ।

प्रशासनले जिल्लामा विपदका कुनै घटना भए तत्काल जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला प्रशासनले समेत सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्