Logo
Logo

क्रोएसिया र चेक रिपब्लिक भिड्दै


दृष्टि संवाददाता

567
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज हुने  दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार ९:४५ मा हुने खेलमा समूह ‘डी’ मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

क्रोएसिया समूहको तेस्रो स्थानमा छ । चेक रिपब्लिक भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्