Logo
Logo
सर्वोच्च अदालतको आदेश

पूर्वमन्त्रीलाई राजदूत बन्न स्नातक नचाहिने निर्देशिका कार्यान्वयन गर्न रोक


दृष्टि संवाददाता

2.9k
Shares

काठमाडाैं । सर्वोच्च अदालतले ’राजदूत नियुक्तिसम्बन्धी निर्देशिका’ कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ताहरू अनुराग सुवेदी, सुवास पाठक र रितेश पौडेलको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले त्यस्तो आदेश दिएको हो।

पुर्वमन्त्रीलाई राजदूत बनाउँदा स्नातक नचाहिने निर्देशिका कार्यान्वयन गर्न नपाइने भएकाे छ ।

सरकारले गत २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ लाई संशोधन गर्दै मन्त्री भइसकेका व्यक्तिका हकमा शैक्षिक योग्यता आवश्यक नपर्ने व्यवस्था गरेको थियो। निर्देशिकामा राजदूत हुनका लागि ३५ वर्षको उमेर पूरा भएको र स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरिएको थियो।

राजदूत नियुक्तिका लागि मापदण्ड बनाउन सर्वोच्च अदालतले नै दिएको परमादेशबमोजिम सरकारले २०७५ सालमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बनाएको थियो। अहिले सरकारले त्यही निर्देशिका संशोधन गरेको हो।

मन्त्री भइसकेको व्यक्तिका हकमा शैक्षिक योग्यता नचाहिने, तर अन्य नागरिकको योग्यता चाहिने व्यवस्था विभेदकारी भएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्