Logo
Logo

अफगानिस्तानमा तालिबान समूहको आक्रमणमा २५५ को मृत्यु


दृष्टि संवाददाता

567
Shares

एजेन्सी । अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २ सय ५५ जनाको मृत्यु भएको छ । अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् । ५०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ ।

तालिवानले रमजानपछि मात्रै २ सय वटा विस्फोट गराएका छन् भने १५ वटा आत्मघाती हमला गराएको अफगानिस्तानको समाचार एजेन्सी तोलो न्युजले जनाएको छ ।

अफगान राष्ट्रपति असरफ घानीले यी आक्रमणबाट थप क्षति हुन नदिन भूमिका खेल्ल्ने सुरक्षा फौजलाई उनले धन्यवाद दिएका छन् । उनले थप ८ सय आक्रमणका घटनाहरुलाई सुरक्षा फौजले असफल बनाइदिएको र ८ सय भन्दा बढी आतंकवादीलाई पक्राउ गरिएकोसमेत जनाकारी दिएका छन् ।

उनले पक्राउ परेकाहरुविरुद्ध आतंकवादी आक्रमण गराएको कसुरमा मुद्दा चलिसकेको र कारबाहीको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् । तोलो न्युजको तथ्यांक अनुसार गत महिनाको अवधिमा सर्वसाधारणको मृत्यु हुने दरमा २० प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्