एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्। उनले आगामी पाँच वर्ष १ सय ९३ सदस्यी राष्ट्रसंघीय महासभाको नेतृत्व गर्नेछन्।
उनको दोस्रो कार्यकाल १ जनवरी २०२२ बाट सुरु हुनेछ। एक महिनाअघि १५ सदस्यीय सुरक्षा परिषद्ले गुटेर्रेसलाई महासचिव पुनः नियुक्त गर्न सिफारिस गरेको थियो।
जनवरी २०१७ मा उनी महासचिव भएका थिए। ७२ वर्षीय गुटेर्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्री थिए।