Logo
Logo

बाढीपहिरा पीडितको उद्धारमा नेपाली सेना


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । मनसुन सुरु भएसँगै देशभर बाढीपहिराको जोखिम बढेको छ । केही दिनयता आएको अविरल वर्षाको कारण आएको बाढी पहिरोले मनाङ, सिन्धुपाल्चोकलगायतका जिल्ला प्रभावित बनेको छ । जहाँ नेपाली सेनाले जनशक्ति खटाएर उद्दार तथा खोजी जारी रोखेको छ । साथै, राहत वितरणमा समेत सहयोग गर्दै आएको छ ।

यसैक्रममा कास्कीको मादी गाउँपालिका वडा नं. ७ छाचोकबाट मादी, काहुखोला, ताङ्गतिङ्ग हुँदै सिक्लेस जाने बाटो पूर्ण रुपमा क्षति हुन गई उक्त स्थानका सर्वसाधारणलाई आवत जावतमा कठिनाई भएको हुँदा नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरुको सहयोगमा पुरानो गोरेटो बाटो मर्मत तथा सरसफाईमा नेपाली सेनाले सहयोग गरेको छ ।

यस्तै, मनाङाको ताछे, रुगु, भिर र ताल ईलाकाबाट बाढी तथा पहिरोबाट जोखिममा परेका ८१ जना स्थानिय बासिन्दाहरुलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ ।

यसैगरी सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबाट नेपाली सेनाको हेलिकप्टरद्वारा हेलम्बु गाउँपालिकास्थित क्युल र चनौटे ईलाकामा रहेका बाढी प्रभावित व्यक्तिहरुको खोज, उद्धार तथा राहत ढुवानी कार्यमा सहयोग गर्दै आएको सेनाले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला मेलम्चीबाट नेपाली सेना तथा निजी हवाई साधनद्वारा १७ जना विदेशीसहित ८४ जनालाई सकुशल उद्धार गरेको सेनाले जनाएको छ छ ।

प्रतिक्रिया दिनुहोस्