Logo
Logo

मेरै नेतृत्वमा सबैभन्दा ठूलो पार्टी बनाउँछु : देउवा


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू नै सभापतिमा दोहोरिने संकेत दिएका छन् । शनिबार प्रदेश १ का केन्द्रीय सदस्यहरुलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर देउवाले छलफल गरेका छन् । सोक्रममा उनले पार्टीमा धेरै काम गर्न बाँकी रहेको बताउँदै सभापतिमा दोहोरिने संकेत दिएका हुन् ।

नेपाली कांग्रेसले यही आगमी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ । महाधिवेशनसम्बन्धी छलफलका क्रममा देउवाले भने, ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु ।’

उनले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको स्मरण गराउँदै कांग्रेसले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको बताए । बैठकमा सहभागी एक नेताले सभापति देउवाको भनाइ उदृत गर्दै भने, ‘अब मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु भन्नुभएको छ ।’
छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्