Logo
Logo

महन्थ ठाकुरले किर्ते गरेको उपेन्द्र यादव समूहको आरोप


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा किर्ते पत्र दर्ता गरेको उपेन्द्र यादव समूहले आरोप लगाएको छ ।

अध्यक्ष ठाकुरले २०७७ पुस ७ गते बसेको बैठकले कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको भन्दै निर्वाचन आयोगमा पत्र दर्ता गराएपछि यादव पक्षले यस्तो आरोप लगाएको हो ।

सनिबार यादव समूहका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति जारी गर्दै ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ– पार्टीको कुनै पनि बैठकले ठाकुरलाई उल्लेखित अधिकार दिने निर्णय गरेको छैन । यो सबै किर्ते भएको छ ।’

निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्