Logo
Logo
कोभिड-१९ संकट

निषेधाज्ञाको मोडालिटीः अब सवारी साधनलाई नम्बर प्रणाली, पसल खोल्न टाइम कार्ड

उपत्यकाका सिडिओहरू बैठक बस्दै


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण दर निरन्तर घट्दै गएपछि जारी निषेधाज्ञालाई खुकुलो बनाइँदै लगिएको छ । पछिल्लो हप्ता संक्रमण दर घटेपनि सरकारले भने फेरि ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेको छ ।

यसबीच काठमाडौं उपत्यकामा अब निषेधाज्ञाको मोडालिटि परिवर्तन गरिने भएको छ । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको हो । खुकुलो गरिए पनि अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइने भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा छलफल भइरहेको तर मोडालिटीबारे टुंगो नलागेको जानकारी दिए ।

‘निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउने भन्ने छ, सबै क्षेत्र एकै पटक खुल्दैन, पसल व्यवसायलाई समय निर्धारण गरेर खुलाउने विषयमा छलफल हुँदैछ, सवारी साधनका विषयमा पनि छलफल चलिरहेकै छ, तर मोडालिटीको टुंगो लागिसकेको छैन,’ काठमाडौंका प्रजिअ पराजुलीले भने ।

सो विषयमा छलफल गर्न सोमबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवाला निकायका प्रतिनिधिहरुसँग निषेधाज्ञालाई कसरी सहज रुपमा पालना हुने गरी कार्यान्वयन गर्ने र खुकुलो बनाउने भन्ने विषयमा आन्तरिक रुपमा नै छलफल गर्दै आइरहेका छन् ।

सो क्रममा किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषीजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेसनरी पसल लगायत संचालनका लागि फरक फरक समय निर्धारण गरी संचालन गर्ने गरी छलफल भइरहेको प्रजिअ पराजुलीको भनाई छ । आर्थिक गतिविधिलाई विस्तारै संचालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालीटी तय गरिने छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने उनको भनाई छ ।

यसैगरी यातायात तथा सवारी साधन संचालनका विषयमा यसअघि गरिएको जोरविजोरको मोडालिटीमा भन्दा अन्तिम अंकलाई आधार मानेर सोही अंकसँग मिल्दो बारका आधारमा सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ ।

यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेकअवे मोडालिटीमा नै संचालन गर्न दिइने गरी रणनीति बनाइएको छ । यस्तै अनलाइनबाट हुने होमडेलीभरीलाईसमेत यथावत राख्ने गरी तयारी भइरहेको हो ।

उपत्यकामा कोरोना संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जाने भन्दै आफुहरु सजग रहेको प्रजिअ पराजुलीको भनाई छ । ‘‘त्यसैले पनि निषेधाज्ञा हटाइहाल्न मिल्दैन । चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो।’

प्रजिअ पराजुलीका अनुसार अब थप गरिने निषेधाज्ञालाई कसरी व्यवस्थित गरिने भन्नेतर्फ प्रशासनको ध्यानकेन्द्रित भएको छ । अहिले नै यति दिन निषेधाज्ञा थप हुन्छ भनेर भन्न सकिने अवस्था छैन । सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर छलफलमा रहेको उनको भनाई छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ । अब समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिने कि भन्नेबारे छलफल भइरहेको प्रजिअ पराजुलीले बताए ।

प्रजिअ निरौलाले अब केही क्षेत्रमा खुकुलो गरी एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने कुरा भइरहेको बताएका छन् ।

सीसीएमसीको गएको बुधबारको बैठकमा निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय भएको थियो । यसबारे पनि छलफल भइरहेको जनाइएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

उपत्यकाका सिडिओहरू बैठक बस्दै
उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी गरिरहेका छन् ।

ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार आज अपरान्ह ४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक छ । उक्त बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन(कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए ।

लकडाउन सहज बनाउनेबारे व्यवसायीहरुको सुझाव
नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न २१ वटा संघका अध्यक्षहरुसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महासंघका अध्यक्षबीच गत शुक्रबार निषेधाज्ञा खुला गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको हो ।

छलफलमा ७ असारपछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने व्यवसायीहरुको भनाई छ । महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार कसरी सहज बनाउन सकिन्छ भनेर लिखित रुपमै सुझाव मागेपछि सुझाव दिएको हो ।

महासंघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब सबै प्रकारका व्यापार व्यवसाय खुला गर्न राय दिएको छ । मल तथा सपिङ सेन्टरहरुहरुमा एउटा मात्रै प्रवेशद्वार प्रयोग गर्ने, प्रवेशद्वारमा थर्मल गनबाट तापक्रम प्रयोग गर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गर्ने सुझावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्