Logo
Logo

‘कम्युनिष्ट, कांग्रेस र समाजवादीलाई नयाँ बनाउने आँट गरौं’


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आज ट्वीट गर्दै कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने समेत बताए । भट्टराईले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरेका छन् भने पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘भनिन्छः टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति, दल, नेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु ।’

पार्टीहरू रूपान्तरण हुनुपर्ने उनको भनाई छ । ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्