Logo
Logo

‘पार्टी भनेको जसपा जस्तो हुनुपर्छ’


दृष्टि संवाददाता

15.9k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्ष ओली नेतृत्वको सरकारमा छ । जसपाको महन्थ ठाकुर पक्षका १३ सांसदमध्ये ओली सरकारमा एक राज्यमन्त्रीसहित ११ जना मन्त्री छन् । नेकपा एमालको नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषदमा ११ जना जसपाकै मन्त्री भएपछि सरकार जसपाको हालीमहाली छ ।

गण्डकी प्रदेशको गठबन्धन सरकारमा पनि अर्को अर्थात उपेन्द्र यादव पक्ष जसपालाई ओली नेतृत्वको सरकारमा जस्तै चिठ्ठा परेको छ । गण्डकीमा जसपाका २ जना सांसद रहेका छन् । उनीहरुले दुवै जनाले मन्त्री पद पाएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल जसपालाई अर्थसहित २ मन्त्रालय दिन सहमत भएको बताइएको छ । देशभरी कांग्रेस, माओवादी र जसपालगायत दलहरु गठबन्धन बनाएर अगाडि बढिरहेका बेला २ सांसद रहेको जसपाका दुवै सांसदले जना मन्त्री पाउने भएपछि भन्न थालिएको छ, ‘पार्टी भनेको जसपा जस्तो हुनुपर्छ ।’

जसपाकै एक नेताले केन्द्रमा केपी ओली सरकारको नेतृत्वमा जसपाले मन्त्री पदका लागि डलब ह्याट्रिक गरेको ब्यंग्य गर्दै भने, ‘गण्डकीमा पनि जसपाले दुई मन्त्रालय पाउने भएको छ । पार्टीको नेता भइसकेपछि जसपाको नेता जस्तो हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्