Logo
Logo

तङ्ग्रिन खोज्दै मेलम्चीबासी (फोटोफिचर)


दृष्टि संवाददाता

1.4k
Shares

सिन्धुपाल्चोक । यहि १ असारमा अविरल वर्षापछि आएको बाढी पहिराले सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षति भएको छ ।

अहिलेसम्म भौतिक क्षतिको यकिन भने भइसकेको छैन । वर्षाको सुरुमा आएको विपत्तिबाट हेलम्बु र मेलम्चीबासी आक्रन्त भएका छन् । सयौँ घरमा बाढीले क्षति पुर्याएको छ भने खेती योग्य जमिन बगरमा परिणत भएको छ । अहिले मेलम्चीबासी बाढीले पुरेको सामान खोज्न व्यस्त छन् । वर्षा केही रोकिएकाले उनीहरु तङ्ग्रिन खोज्दैछन् । तर, त्रास कायममै छ । तस्बिर/रासस

सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका स्थानीय र व्यवसायी बाढीले पुरिएको आफ्नो सामान निकाल्दै ।
सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ आफ्नो सामान सार्र्दैै ।
भैँसी सुरक्षित स्थानतर्फ लगिँदै बाढीले घर गोठ बगाएका हेलम्बु, चनौटेका स्थानीयवासी भैँसीलाई सुरक्षित स्थानतर्फ लैजाँदै ।
सिन्धुकोटबाट देखिएको मेलम्ची खोला सिन्धुपाल्चोकको सिन्धुकोटबाट देखिएको बाढीग्रस्त मेलम्ची खोला ।

प्रतिक्रिया दिनुहोस्