Logo
Logo

बारका आधारमा पसल खुल्ने, कुन बार कुन पसल खुल्छ ?


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा बारको आधारमा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको उपत्यकाका तीन जिल्लाका सीडीओहरुको संयुक्त बैठकले बारको आधारमा व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो ।

कुन बार कुन पसल खुल्ने ?

आइतबार, मंगलबार र बिहीबारः
सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्ने ।

सोमबार, बुधबार र शुक्रबारः
सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्ने ।

बारका आधारमा पसल खोल्न दिने निर्णय गरिता पनि समय भने बिहान ११ देखि ४ बजेसम्म तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल हालकै अवस्थामा हरेक दिन बिहान ११ बजेसम्म खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्