Logo
Logo

इटालीलाई वेल्सको चुनौती


दृष्टि संवाददाता

441
Shares

एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज इटाली र वेल्स प्रतिस्पर्धा गर्दैछन् । ९ः ४५ बजे रोममा सुरु हुने आजको पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत जसमा इटाली र वेल्स भिड्न लागेका हुन् ।

आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । अपराजित रहँदै समूह विजेता बन्ने चाहना इटालीको छ ।

उता, वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्