Logo
Logo

सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ


दृष्टि संवाददाता

150.9k
Shares

काठमाडाैं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला संग्रौलसहित तीन जनालाई प्रहरीले हिरासतमा लिएकाे छ ।

संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय र शर्मिला वाइवालाई प्रहरीले आइतबार हिरासतमा राखेकाे प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । साेही क्रममा तीन जनालाई हिरातसमा लिइएकाे हाे ।

उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधबार उजुरी परेको थियो । आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै कारबाही माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्