Logo
Logo

बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल


दृष्टि संवाददाता

1.7k
Shares

काठमाडाैं । विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा गठबन्धनको बैठक बसिरहेको हो ।

सरकारविरुद्धको थप रणनीति बनाउने विषयमा छलफल गर्न कांग्रेससहित माओवादी, जसपाको उपेन्द्र यादव समूह र माधव नेपालबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट पछिल्लो समय गठबन्धन तोड्न दबाब आइरहेकाले त्यसविषयमा पनि गठबन्धनको बैठक छलफल भइरहेको छ ।

छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । त्यस्तै माधव नेपाल र भीम रावल पनि सो छलफलमा सहभागी छन् ।

एमालेभित्र एकता कायम हुन लागेपछि यसबीचमा गठबन्धनका शीर्ष नेताहरु माधव नेपाल निवासमा समेत भेला भएका थिए । यस्तै, झलनाथ खनालले दिल्ली उपचार जानु अघि दिएको विज्ञप्तिपछि नेता नेपाललाई कोटेश्वर पुगेरै गठबन्धनका नेताले ओलीसँग नमिल्न सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्