Logo
Logo

चार अस्पतालमा एसिड आक्रमणका पीडितको नि:शुल्क उपचार


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको हो ।

मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेसँगै एसिड पिडितले निस्शुल्क उपचार पाउने भएका हुन् ।

उनीहरुले काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्