काठमाडौं । विपक्षी गठबन्धनले एमालेको सरकार रहेको प्रदेशमा गठबन्धनको सरकार बनाउन पहल जारी राख्ने समझदारी गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार साँझ बसेको बैठकले प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेको माओवादी नेता देव गुरुङले जानकारी दिए ।
गठबन्धन सरकार बन्न बाँकी रहेका प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार गठनका गर्ने जनाएको छ । यस्तै, एमाले एकताको प्रयास जारी रहे पनि माधव नेपाल पक्षलाई गठबन्धन नछाड्न समेत बैठकले सुझाव दिएको छ ।
यस्तै, कांग्रेस केन्द्रीय कार्यसमितिले विपक्षी गठबन्धनलाई निरन्तरता दिएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र सभापतिलाई धन्यवाद दिएका थिए ।
यस्तै, बैठकले प्राकृतिक विपद्मा जनतालाई राहत दिन सरकार असफल भएको निष्कर्ष समेत निकालेको छ ।