Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलोदेखि शेयर बजारमा पहिरोसम्म


दृष्टि संवाददाता

1.1k
Shares

१. २४ घण्टामा देशभर २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ६७७ पीसीआर परीक्षणमा १ हजार ४२१ जना र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा गरेर २४ सय मा संक्रमण पुष्टि, २४ घण्टामा ३ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त , देशभर गरी थप ५१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुग्यो, स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज असार ६ मा इजरायल उडानमा ।

२. काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबारको संयुक्त बैठकले उद्योग व्यवसाय र दैनिक जीविकासँग जोडिएका क्षेत्रमा लागेको निषेधाज्ञा हटाइयो, उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन हुने, फेन्सी, सपिङ मललगायत तयारी पोसाक र अन्य व्यवसायका लागि बार अनुसार सञ्चालन गर्न दिइने, जनस्वास्थ्यका मापदण्ड पालना गरेर ट्याक्सी निर्वाध सञ्चालन गर्न दिइने ।

३. नेकपा एमालेद्वारा कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता, पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वाेच्चमा निवेदन, नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकोले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने ओलीको तर्क ।

४. कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनको छलफल, प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने विपक्षी गठबन्धनबीच समझदारी, एमाले एकताको प्रयास जारी रहे पनि माधव नेपाल पक्षले गठबन्धन नछाड्ने, प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको गठबन्धनको निष्कर्ष ।

५. जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगको पत्र, उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएकोले त्यसबारे प्रतिलिपिसहित लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिइएको आयोगद्वारा जानकारी ।

६. प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ, काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ, पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ , संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप ।

७. सर्वोच्च अदालतद्वारा सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, र दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासद्वारा पूर्ण सुनुवाइका लागि नियमानुसार पेश गर्न भन्दै तत्काल आदेश दिन नमिल्ने ठहर ।

८. सेयर बजारमा ६३ अंकको पहिरो, करिब १२ अर्बको कारोबार, निकुञ्ज, आरक्षभित्र ठूला जलविद्युत् आयोजना निर्माण नगर्न अन्तरिम आदेश, धितोपत्र बोर्डको सूचनाविरुद्ध परेको रिटमा अन्तरिम आदेश आएन,१० महिनामा वैदेशिक सहायता प्रतिबद्धता २ खर्ब २ अर्ब, गतवर्ष भन्दा ३५ प्रतिशत बढी, नारायणी डेभलपमेन्ट बैंक हकप्रद निष्काशनको अनुमति माग्दै बोर्डमा ।

९. सरकारले निषेधाज्ञा खुकुलो बनाएपनि खेलकुद गतिविधि सञ्चालनका लागि केही समय अझै कुर्नुपर्ने, युरोकपमा आइतबार दुई खेल, ९ः ४५ देखि स्वीजरल्याण्डले टर्कीसँग प्रतिस्पर्धा गर्दै, मध्यरातमा इटालीले वेल्ससँग खेल्ने, आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल अन्तर्गत न्युजिल्याण्डविरुद्धको पहिलो इनिङ्समा भारत अलआउट , भारत २ सय १७ रन जोड्न सफल ।

१०.र, नायिकामाथि यौन शोषण गरेको आरोपमा तमिलनाडुका पूर्वमन्त्री पक्राउ, भारतमा ८१ दिनपछि सबैभन्दा कम संक्रमण, ५८ हजार संक्रमित, १ हजार २३९ संक्रमितको मृत्यु, कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति निर्वाचित, रुसमा जहाज दुर्घटनामा नौ जनाको मृत्यु, चीनमा एक अर्ब बढीलाई कोरोनाको खोप, ३ देखि १७ वर्षकालाई पनि खोप दिने योजना ।

प्रतिक्रिया दिनुहोस्