काठमाडौं । निषेधाज्ञामा उत्कृष्ट काम गर्ने काठमाडौका चार डिएसपीसहितका प्रहरी पुरस्कृत भएका छन् ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागी अग्रणी भूमिका वहन गरेका प्रहरी कर्मचारीहरुलाई तथा चैत , वैशाख र जेष्ठ महिनामा उत्कृष्ट भएका प्रहरी पुरस्कृत भएका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले ती प्रहरीलाई पुरस्कृत गरेका हुन् ।
महानगरीय प्रहरी परिसर ,काठमाण्डौमा कार्यरत तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षा व्यवस्थापन तथा नागरीकको जिउधन र स्वतन्त्रताको रक्षा , अपराध नियन्त्रण लगायत कानूनद्वारा निर्दिष्ट जिम्मेवारीको प्रभावकारी कार्यान्वयन तथा लगनशिल भई ईमानदारीपूर्वक दोस्रो भेरियण्ट सहितको विश्वव्यापी महामारी कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागी अग्रणी भूमिका वहन गरेकाले पुरस्कृत गरिएको परिसरले जनाएको छ ।