Logo
Logo

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘कटप्पा’ भेटियो, युवा र बच्चालाई समेत जोखिम


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । निषेधाज्ञा खुकुलो बनाइएकै दिन नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस पुष्टि भएको छ । जून निकै संक्रामक र युवा तथा बच्चा समेतलाई जोखिमपूर्ण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
। नेपालबाट ४८ वटा नमुना छनोट गरी भारतमा परीक्षणका लागि पठाइएकोमा केही नमुनामा कप्पा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४९ मध्ये ४७ वटा नमुनामा डेल्टा भेरियन्ट देखिएको थियो भने एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएको थियो । ४७ डेल्टा भेरियन्ट पुष्टि भएका नमुनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन भइ एवाइडटवान नामको भेरियन्ट पुष्टि भएको छ ।

कप्पा भेरियन्ट हालसम्म १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट देखिएको सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले देखिएका तीनवटै भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने अध्ययनबाट पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्