Logo
Logo

ओली समूहको भ्याकेटमा जाने निर्णयप्रति माधव समूहको आपत्ति


दृष्टि संवाददाता

3.7k
Shares

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने एमाले अध्यक्ष केपी ओली समूहको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता नेपालले प्रदेश सांसदहरुमाथि गरिएको कारवाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजिएको प्रष्ट हुने भन्दै आपत्ति जनाएका हुन् ।

उनले ओली समूहले दोहोरो चरित्र देखाएकाे शंका उत्पन्न भइरहँदा भ्याकेटमा जाने निर्णय गरेर शंकालाई पुष्टि गरेकाे समेत बताएका छन् । उनले एकताका लागि अधिकतम लचक हुँदा त्यसलाई कमजाेरीकाे रूपमा लिएकाेमा समेत असन्तुष्टी जनाए ।

नेपालले भनेका छन्, ‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’

सत्ता जोगाउनका लागि संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने कुराले एकतावद्ध पार्टी बनाउने प्रयासविरुद्ध को लागेको छ सहजै देख्न सकिने समेत नेपालले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्