काठमाडौं । कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा आजबाट सुरु भएको छ । सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै असार ८ गते मंगलबारबाट पुनः सन्चालनमा आएको हो ।
पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार राइड संचालन गरिनेछ ।
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।
सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो । हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ ।