काठमाडौं । मंगलबारदेखि काठमाडौं उपत्यकाकासहित विभिन्न जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ । कोरोना संक्रमण घट्दै गएको निष्कर्षका आधारमा निषेधाज्ञा खुकुलो बनाइएको हो ।
![](https://fra1.digitaloceanspaces.com/appharuspace/drishtinews/uploads/2021/06/201751129_3168808726687283_6959945022115419620_n-768x593.jpg)
तर, मंगलबार नै सोमबारको तुलनामा नयाँ संक्रमितको संख्या दोब्बर आएपछि कतिपय डराएका छन् । तर, स्वास्थ्य मन्त्रालयले त्यो विगतमा संक्रमित भएका तथा गणनामा छुटेका व्यक्तिहरुको संख्या भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा ४५२२ जनामा ंसंक्रमण पुष्टि भएको छ । मन्त्रालयको विवरणमा द्यौलागिरी अस्पताल बाग्लुङमा ४६५४ जनाको परीक्षण गर्दा दुई हजार १० जनामा संक्रमण पुष्टि भएको छ । सोही तथ्याङकका आधारमा नयाँ संक्रमितको संख्या दोब्बर भएको हो द्यौलागिरी अस्पतालमा विभिन्न मितिमा भएका परीक्षणको विवरण छुटेकोमा एकैपटक थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले बताए ।