काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लागेको बताएका छन् ।
मन्त्रिपरिषद् विस्तार रोक्ने सर्वाेच्चको आदेशपछि उनले यस्तो बताएका हुन् । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ भएको उनको भनाई छ ।
भट्टराईले सामाजिक सञ्जालमा लखेका छन्–
अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड