Logo
Logo

बधाई पाउँदा नपाउँदै मन्त्री पद चट !


दृष्टि संवाददाता

315
Shares

रौटहट । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ ।

खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो । स्वागत तथा बधाई र अभिनन्दनको कार्यक्रम चलिरहेकै समयमा मन्त्री पद चट भए पनि कार्यक्रम भने रोकिएको थिएन ।

जसपाको नगर समितिद्वारा गौरमा राखिएको कार्यक्रममा सञ्चालन भइरहेकै समयमा मन्त्री पद चट भएपछि केहीले कार्यक्रम कक्षमै टिप्पणी गरेका थिए । मन्त्रीको स्वागतमा उत्साहित भएर गएको ठूलो समूह भने निराश भएर फर्किएको थियो ।

मन्त्री झा गृह जिल्लामा आउने भएपछि स्वागतको ठूलो तयारी गरिएको थियो । जसपाका कार्यकर्ताहरु ठूलो संख्या चन्द्रपुरसम्म पुगेका थिए । सयौँ गाडीले मन्त्रीलाई स्वागत गर्दै गौरसम्म पु¥याउने क्रममा गरुडामा केही युवाहरुले कालो झन्डा देखाएका थिए ।

कालो झन्डा देखाउने तीन जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको थियो। एकातिर स्वागत तथा बधाईको उल्लास चलिरहेको समयमा अर्कोतिर मन्त्री पद गुमेपछि मन्त्री झालाई अप्ठ्यारो अनुभव भएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्