Logo
Logo

दलितलाई कोठा नदिएको आरोपमा पक्राउ गरेकी घरबेटी रिहा


दृष्टि संवाददाता

3.6k
Shares

काठमाडौं । दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छन् । उनी ६ असारमा बबरमलस्थित आफ्नै घरबाट पक्राउ परेकी थिइन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा सिंहदरबार वृत्तले बुधबार प्रधानलाई रिहा गरेको हो । रिहा भएपछि प्रधानका समर्थकले रुपा सुनारलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

सञ्चारकर्मी समेत रहेकी रुपा सुनारले प्रधानले आफू ‘कामीको छोरी’ बताएपछि कोठा नदिएको आरोप लगाएकी थिइन् । काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्