सर्लाही । सर्लाहीमा एक इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु–भाइको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका–११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको बुधबार पानी जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै दाजुभाइ बाख्रा चराउन गएको बेला ईंटा उद्योगले खनेको खाडलमा जमेको पानीमा पौडी खेल्न जाँदा डुबेको सर्लाही प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै इँटा उद्योगका मजदुरले बाहिर निकाली उपचारका लागि मलंगवा अस्पतालमा पु¥याएको थियो । तर, अस्पताल पु¥याउनेवित्तिकै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।