Logo
Logo

पोखराले जनप्रतिनिधिलाई पाँच दिन पर्यटन बिदा दिने


दृष्टि संवाददाता

126
Shares

कास्की । पोखरा महानगरपालिकाको नवौं नगर सभा सुरु भएको छ । पोखरा सभागृहमा बुधबारदेखि शुरु भएको नगरसभामा महानगरप्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रम सभासमक्ष पेश गर्दै नगरप्रमुख जिसीले ‘समुन्नत पर्यटकीय पोखरा’लाई रुपान्तरण गर्न पूर्वाधार, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा फेवाताललगायत पोखराका अन्य ७ तालहरूको सीमांकन सम्पन्न भई सकेकोले उक्त तालहरूको मापदण्ड निर्धारण गरिने, पशुमा कृत्रिम गर्भाधान कार्य निःशुल्क उपलब्ध गराइने कार्यक्रम अघि सारिएकाे छ ।

यस्तै ‘खेतीयोग्य गह्रा, बनाऔँ हराभरा’ अभियानका रूपमा सञ्चालन गरिने, कोसेली घर सञ्चालन गरिने र पोखरा घण्टाघर निर्माणलाई अगाडि बढाइने, एक वडा एक उत्पादन कार्यक्रम अगाडि बढाइने भनिएको छ।

महानगरले दीर्घकालीन सोच ‘समुन्नत पर्यटकीय पोखरा’ लाई व्यवहारमा रूपान्तरण गर्न सात ओटा वटा मार्ग निर्देशित सिद्धान्तहरू तय गरेकाे छ । त्यसैगरी महानगरपालिकाले जनप्रतिनिधिलाई पाँच दिन पर्यटन बिदा दिने भएको छ । महानगरले आन्तरिक पर्यटनमा टेवा पुर्याउन जनप्रतिनिधिलाई पाँच दिनका लागि पर्यटन बिदा दिने भएको हो ।

हेर्नुहोस नीति तथा कार्यक्रमकाे पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्