Logo
Logo

पाँच दलले गरे मटिहानी नगरपालिकामा तालाबन्दी


दृष्टि संवाददाता

315
Shares

महोत्तरी । महाेत्तरीको मटिहानी नगरपालिकामा नगरसभा भइरहेको बेला पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले विपक्षी दल तथा आम सर्वसाधारण जनतालाई सोधपुछ नै नगरी नगरपालिकाको कार्यालयभन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै नगरपालिकाको कार्यालयमा पाँच दलले तालाबन्दी गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य राजकिशोर मण्डल, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष)का नगर अध्यक्ष रामनन्दन यादव, नेपाली काँग्रेसका नगर संयोजक रामपदार्थ साह, नेकपा एमाले (माधव नेपाल पक्ष) का नगर कमिटी अध्यक्ष लालबाबु यादव र जनमत पार्टीका नगर कमिटी अध्यक्ष जगतलाल यादवले दिउँसो नगरपालिकाको कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।

पाँच दलका नेताहले प्रमुख मण्डलले विभिन्न आर्थिक अनियमितता गरेको र मनोमानी रुपमा योजना छनोट गरेको आरोप लगाएका छन् । ली काँग्रेस जयकुमार चौधरीले नगरप्रमुखले गरेका अनियमितताविरुद्ध बर्दिबासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय र केन्द्रीय कार्यालयमा समेत उजुरी दिइसक्दा पनि कुनै कारबाही नभएको बताए ।

यता दिउँसो नगर प्रमुख मण्डलले वडा नं. ८ मा अवस्थित राष्ट्रिय संस्कृत माध्यामिक विद्यालयको सभाहलमा नगरपालिकाको सातौँ नगरसभा सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्