Logo
Logo

राप्रपाका एजेण्डा स्थापित गर्ने उपयुक्त समय आएको कमल थापाकाे दावी


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने समय आएको बताएका छन् ।

बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको मौकमा पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका हुन् ।

यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने उनले बताए । विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए । पार्टी गतिहिन भएको भन्दै यहीँ अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार बेहोर्ने पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्