Logo
Logo

के पोर्चुगलले फ्रान्सविरुद्ध जीत निकाल्न सक्ला त ?


दृष्टि संवाददाता

2.7k
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । विश्व विजेता फ्रान्स र साविक विजेता पोर्चुगलबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।

पोर्चुगल पनि फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

फ्रान्स र पोर्चुगलबीच मुख्य प्रतियोगितामा पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१६ को युरोकपको फाइनलमा फ्रान्सले पोर्चुगलसँग खेलेको थियो । उक्त खेलमा पोर्चुगलले फ्रान्सलाई १-० ले हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्