एजेन्सी । स्विडेन समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।
स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्गले दुई गोल गरे । भिक्टर क्लेसनको नाममा एक गोल रह्यो ।
पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काए । हार्सँगै पोल्याण्ड बाहिरिएको छ ।