रौतहट । मौलापुर नगरपालिकाको नगरसभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ । बिहीबार पाँचौँ नगरसभामा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका नेता प्रभु साह सहभागी थिए । नेता साह पक्ष र अन्य दलका कार्यकर्ताबीच झडप भएको हो ।
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेता साहकै कारण विवाद भएको हो । नगरसभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जनाए ।
प्रहरीले झडप तथा भिड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेको थियो । मौलापुरको मेयर नेता साहकै पत्नी रीनाकुमारी साह हुन् ।