काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् ।
नेता नेपालले भने, ‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ । एमालेको वरिष्ठ नेता हुँ । केपी ओलीले गरेको कारबाहीको अर्थ छैन । ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौँ ।’
गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने उनले बताएका हुन् । उनले ओली दक्षिणपन्थी बाटोमा रहेको भन्दै आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।
बिहीबार विपक्षी गठबन्धन दलहरुले राखेको सम्पादकहरुको छलफलमा नेता नेपालले सुध्रिन खोज्नेलाई सुध्रिन दिनुपर्ने बताए । ‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ’ उनले कांग्रेस सभापति देउवालाई शेरबहादुरजी भने ‘त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ ।’