Logo
Logo
सम्पादकहरुसँग विपक्षी गठबन्धन

‘विपक्षी गठबन्धन सत्ताका लागि नभइ संविधान रक्षार्थ हाे’


दृष्टि संवाददाता

1k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरुको गठबन्धनमाथि कुनै शंका नगर्न आग्रह गरेका छन् ।

सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले यसमा शंका नगर्न अपिल गरेका हुन् ।

अध्यक्ष दाहालले सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको स्पष्ट पारे । ‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, प्रचण्डले भने ।

प्रचण्डले विगतमा आफूहरुबाट समेत केही गल्ति भएको स्वीकार गर्दै अव सच्याउँदै जान तयार रहेको बताए । 

‘पाँच दलीय गठबन्धनको सैद्धान्तिक, राजनीतिक र भावनात्मक आधारबारे छलफल गरेर नै गठबन्धन बनेको हो’ प्रचण्डले भने, ‘संविधानलाई परिमार्जित गर्दै लैजाने , निर्वाचनका बेला भनेका लोकतन्त्रको आधारभूत मान्यतालाई रक्षा गर्नैपर्छ । देशको राष्ट्रियताको रक्षा गर्नैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्