Logo
Logo

ओली ‘भिलेन’ हुन् भन्ने जनताले थाहा पाए : प्रचण्ड


दृष्टि संवाददाता

1.3k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  ‘भिलेन’ को संज्ञा दिएका छन् ।  संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले ओलीलाई ‘भिलेन’ को संज्ञा दिएका हुन् ।

प्रचण्डले भने ‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए ।’

प्रधानमन्त्रीकै कारण देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिएको भन्दै प्रचण्डले ओलीलाई धन्यबाद पनि दिएका छन्।

उनले ओली र माधव नेपालकाे तुलना गर्न नमिल्ने बताए । ‘ओलीले बयलगाडा भन्दै गर्दा गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै-उस्तै होइन। प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै-उस्तै होइन,’ उनले भने, ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं। तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो।’

प्रतिक्रिया दिनुहोस्