काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।
आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।
अघिल्लो बर्ष पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन तीनवटा बैठकपछि पुस २६ गते अन्त्य भएको थियो ।